काठमाडौं । नेपालमा २४ घन्टामा १ सय ९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित १ सय ९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् ।
संक्रमितमध्ये १३ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् भने ४५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।