आर्थिक अभावका कारण समिरको उपचारमा समस्या

|

कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका —११ कालिका नगरका १० वर्षीय बालिक समिर विकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । गत असार २९ गते वेहोस अवस्थामा नेपालगज मेडिकल कलेज कोहलपुरमा पु¥याएका समिरलाई त्यँहा उपचार सम्भव नभएपछि थप उपचारका लागी हेलिकप्टरबाट काठमाण्डौ लगिएको उनकी हजुरआमा देविसरा बि.कले बताईन ।केही दिन अघि ज्वरो आएको थियो त्यसपछि हामीले मेडिकल लगेका थियौ डाक्टरले टाईफाईड देखिएको छ भन्नु भएको थियो तर १९ गते विहान ओछयानमै वेहोस अवस्थामा भेटिए पछि अस्पताल लगेका हौ उनले भनिन ।

हाल समिरको काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ । उनको उचारमा हाल सम्म पैसा करिब १० लाख खर्च भईसकेको छ । यो समाचार तयार पर्दा सम्म उनको होस समेत नआएको बताईएको छ ।आफुसंग भएको रकम उपचारमा खर्चिएर सकेपछि थप उपचार गर्न समस्या भएको समीरका बुवा दिपक विकले जानकारी दिए । ‘अहिले सम्म १० लाख खर्च भईसकेको छ । अव कति लाग्ने हो केहि पत्तो छैन । डाक्टरले अझै रोग के हो भनेर छुट्याउन सकेको अवस्था छैन’–उनले भने ।

‘छोरा समर अचानक बेहोस भई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा मेडिकल कलेजले उपचार गर्न नसकी तत्काल काठमाडौं रिफर ग¥यो डाक्टरको भनाइ अनुसार उनलाई पक्षघात भएको छ ।’ भएभरको पैसा छोराको उपचारमा सकिएको उनको भनाइ छ । थप उपचार गर्न हस्पिटलले पैसा जम्मा गर्न भनेपछि थप उपचार गर्ने पैसा नभएको उनले बताए । थप उपचारको लागि सबैसँग उनले सहयोगका लागि अपिल गरेका छन् ।

समिरका बुवा दिपक सानो पसल चलाउछन् । छोरालाई सहयोग गर्नका लागि दिपकले मोइवाल नम्बर(९८४९८९७८७०, ९८२५५२५८३५, ९८४८१३३९९६) दिँदै सहयोगको अपिल गरेका छन् । समिरलाई सहयोग रकम खातामा हाल्न चाहेमा मेघा बैङकमा रहेको श्रीमती यमकुमारी विकको खाता नं. ०७३००५०००९९९८ मा हाल्न सकिने जानकारी दिए ।

न्यायका लागी द्धन्द पिडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीको पहलमा समिरको उपचारका लागी आर्थिक सहयोग संकलन सुरु गरिएको छ । शुक्रबार समिरकी हजुरआमा देवीसरा बिकलाई केही रकम समेत हस्तान्तरण गरिएको छ । अध्यक्ष उप्रेतीले मानविय नाताले सबैले सक्दो गरिदिन समेत आग्रह गरेकी छिन । बि.क परिवार द्वन्द पिडित परिवार समेत रहेको बताइएको छ ।

२०७७ श्रावण ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।