
काठमाडौं । नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना संक्रमण देखिएकाले सतर्कता अप्नाउन आग्रह गरेका छन् । प्रवक्ता गौतमले नयाँ संक्रमितसहित देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।
संक्रमितमध्ये १२ हजार ९ सय ४७ जना उपचारपछि घर फर्किएका छन् भने ४४ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।