
अर्घाखाँची / पारस्परिक जवाफदेहीता परियोजना अन्तरगत एकीकृत ग्रामीण बिकास समाज अर्घाखाँचीको आयोजनामा सुशासन प्रबर्द्धनका लागि जिल्ला स्तरिय नागरिक संजाल बैठक सम्पन भएको छ । काेराेना महामारी तथा बिपदमा हाम्राे भुमिका के हुन सक्छ भन्ने बिषयमा महत्त्वपूर्ण छलफल भएको थियो । साथै उक्त बैठकले अब नागरिकका समस्याहरुलाई समाधानको निम्ति संजाल ससक्त रुपमा लाग्ने पनि निर्णय गरेको छ ।
कार्यक्रम संजालका सम्योजक फर्सुराम पाण्डेको अध्यक्षता ,परियोजनाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासङका जिल्ला अध्यक्ष हिम जिसि लेकाली ,उपाध्यक्ष गणेश खनाल लगायतको उपस्तिथि रहेको थियो । पारस्परिक जवाफदेहीता परियोजनाले गुल्मी र अर्घाखाँचीमामा शिक्षा ,स्वास्थ्य ,कृषि र बिपत ब्यबस्थापनमा काम गर्दै आएको छ ।