महानायक राजेश हमाललाई पारिवारिक शोक

|

नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो ।

कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बतायो । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।

राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।

२०७७ श्रावण ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।