बर्दिया / विदेशिने पिडालाई लिएर बर्दियाको शान्तिपुर गाउँमा सुटिङ सम्पन्न भएको छ । नेपाली भाषामा आधारित “नरोउ है सानू” नामक बोलको म्युजिक भिडियो गायक ऋषि थापा मगरको स्वर रहेको नेपाली गित को सुटिङ भने बर्दिया र बाँकेमा छायांकन भएको छ ।
दुई चार वटा म्युजिक भिडियोको सफलतापछि सामाजिक अभियन्ता तथा मोडल साहित सिङ ठकुरीले फेरी नरोउ है सानुको गितमा पनि मुख्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन भने मोडेल अन्जु कुस्मि पनि थारु राष्ट्रिय कलाकार तथा गायिका हुन । नरोउ है सानु गीतको शव्द पनि ऋषि थापा मगरले गरेका छन भने डाइरेक्टर तथा प्रढुषण साहित सिङ ठकुरीले आफै गरेको भन्दै जानकारी दिनु भयो ।
गाउँमा सुटिङ देखे पछि जनताको मोह माया र उपस्थितिको भिड नै देखिएको थियोे । बढैयाताल गाउँपालिका वडा नम्बर १ स्थित शान्तिपुर विशाल चोकमा भएको म्युजिक भिडियो सुटिङमा जनताको मोह धेरै देखिएको थियोे । गाउँमा पहिलोपटक यस्ता भिडियो सुटिङ भएको र यहाँका बालबालिका तथा युवा पुस्ता सबै बेरोजगार रहेकोले यस्तो भिड देखिएको एक वृद्धाले बताउनु भयो भने शान्तिपुरको यो चोक सबैभन्दा पुरानो रहेको पनि बताउनु भयो ।
गाउँकै परिभेषलाई समटेर बास्तबिकता भोगिएका पिडालाई बुझेर यो गित लेखेको तथा छायांकन गरेको गायक ऋषि थापा मगरले बताउनु भयो । अझ हामिले यश भिडियोमा गरिब भएर खान लाउन नस्कने भए पछि बाध्यताले बिदेशिनु पीडा र बिदेश बाट नेपालीको अनि परिवारको माया प्रती गित र छायांकनमा देखाउने कोशिश गरेका छोै र भिडियोमा पनि बास्तबिकता देखाउने कोसिस गरेको थापा बताउनु हुन्छ भने अन्तिममा नरोउ है सानू गित सार्वजनिक भने साउनमा गर्ने बताउनु भएको छ ।