काठमाडौँ / नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १ सय जनामा कोरोना भाइरस संक्रमण भएको र दुईजनाको ज्यान गएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय जनासहित देशैभर संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १२ हजार ६ सय ८४ जना उपचारपछि घर फर्किएका छन् भने ४२ जनाको ज्यान गएको छ ।