नेपालगन्ज / बाँकेमा विप्लवका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेलेबिप्लब समुहका दुई जना कार्यकर्तालाई मंगलवार पक्राउ गरेको हो । नेपालमा आतंककारी गतिविधि गरेको कारणले प्रतिबन्धित राजनीतिक दल नेकपा माओवादी बिप्लब समुहका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी गराएको छ ।
पक्राउ पर्नेहरुमा चित्र बहादुर बि.क. र उनका सहयोगी सुरेश राउत रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । उनीहरुलाई चन्दा लिदै गर्दा बाँकेबाट पक्राउ गरिएको प्रहरीलाई उदृृत गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरीले जानकारी गराएको छ । उनिहरुलाई बाँकेको राँझाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।