नेपालमा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा १ सय ८६ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसहित देशभर संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको जानकारी दिए। संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमणका कारण मुलुकमा ४० जनाको मृत्यु भएको छ । मुलुकका ७७ जिल्लामध्ये यतिबेला ७ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । धनकुटा, भोजपुर, पाँचचथर, संखुवासभा, मुस्ताङ, मनाङ, र रसुवामा अब कुनै पनि संक्रमित छैनन् ।

२०७७ श्रावण ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।