गायिका सोफिया थापाले तीजलाई लक्षित प्रगतिशील तीज गीत सार्वजनिक गरेकी छिन्। उनले ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत सार्वजनिक गरेकी हुन्।
उनि पेशाले शिक्षिका हुन् र नेपाली गित संगितलाई पनि उति नै माया गर्छिन् गित संगित सस्तो मनोरंजन मात्र नभई समाज परिवर्तन गर्नको लागि महत्वपूर्ण भुमिका निभाउने गर्दछ भन्ने कुरामा विश्वास राख्दछिन् ।
सोफियाले यस अघि पनि आफ्नो जीवनकालमा थुप्रै अरु गितहरुलाई शब्द, संगित र स्वरको माध्यमबाट जिवन्त तुल्याएकी छिन् यसैगरि यसपटक भने महिलालाई तीजमा व्रत नबस्न आब्हान गरेर एक सन्देश मुलक कोशेली लिएर आएकी छिन्।
हरेक बर्ष तीज भड्किलो पर्व बन्दै गइरहेको अबस्थामा उनले यसलाई भद्र, सभ्य र मर्यादित भएर मनाउनु पर्ने सन्देश दिएकी छिन्।
‘हाम्रो परम्परागत सोच, संस्कारलाई समय अनुकुल रुपान्तरण गर्दै लैजान सक्नु पर्छ। अहिले पनि महिलाहरुले श्रीमानको दिर्घायु लागि पानी पनि नखाई ब्रत बस्ने चलन छ।
उनले महिला र पुरुष समान भएको भाव गीतमा व्यक्त गरेकी छिन्। स्वास्थ्य तथा समानता दुबैका हिसाबले पनि अब को तीज नो ब्रत प्लिज’ भनेकी हुँ’, भनेर उनले भनिन्।
गीतमा शब्द , संगीत र स्वर सोफिया थापाकै छ। यसमा मनिष पन्थ को निर्देशन, छ्यांकन र लोकेन्द्र शाहको कोरियोग्राफी रहेको छ।
२०७७ श्रावण ५, सोमबार प्रकाशित