प्रहरी प्रशासनलाई गुणस्तरिय सेवा दिन कानून ब्यवशायीको जोड

|

बाँके / बाँकेका कानून ब्यवशायीहरुले नागरिकलाई गुणस्तरिय सेवा दिन बाँकेका प्रहरी प्रशासनका प्रमुखलाई आग्रह गरेका छन् ।
नेपालगंज उच्च तथा जिल्ला बार एशोसिएसनले बाँकेमा हालै सरुवा भै आएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग र प्रहरी उपरिक्षक ओम बहादुर रानासंग गरेको परिचयात्मक कार्यक्रममा बोल्दै कानून ब्यवशायीहरुले प्रहरी प्रशासनले नेताको भनसुनको आधारमा नभै कानूनले निर्दिष्ट गरेको कार्यबिधि बमोजिम आम नागरिकको शान्ति सुरक्षा, अपराध नियन्त्रण र न्यायमा सहज पहुँचको लागी कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

२०७७ श्रावण ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।