वीरगञ्ज / पर्सामा विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । वीरगञ्जमा आयोजित एक कार्यक्रमका बिच पर्सागढी नगरपालिकाका स्थानीय महिला र पुरुष गरी सयजना भन्दा बढीले नेकपा, कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रहलाद गिरीले नव प्रवेशीहरूलाई अबीर तथा फुलमाला लगाई स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद प्रहलाद गिरीले जनता समाजवादी पार्टी देशको तेस्रो ठुलो दल भएको बताउदै देशभरी नै जनता समाजवादी पार्टी प्रती जनलहर बढेको बताउनु भयो ।उनले अहिलेको केपी ओलीको सरकारले नागरिकता तथा राष्ट्रीयताको मुद्दा उठाएको आडमा सरकार टिकाउने अस्त्र बाहेक अरु केही हासील नहुने ठोकुवा गर्नु भयो । सरकारले गरेको भ्रष्टाचार लुकाउन जनताको ध्यान अन्य विषय तिर मोडेर नया नया नौटंकी शुरु गरिएको उनले आरोप लगाए ।
जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा बेगम,भिमा यादव र पार्टीका नेता विन्देश्वर यादव, उपाध्यक्ष बासुदेव यादव, सुन्दर कुर्मी, वडाध्यक्ष असलम आलम, अशोक यादव , नगर अध्यक्ष शेख खुर्सेद, जितेन्द्र यादव लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।