बृहत रक्तदान कार्यक्रम सम्पन्न

|

नेपालगंज / नेपालगंज उपमहानगरपालिका वडा नं.१० गणेशमान चोकमा अवस्थित लागू औषध परामर्श केन्द्र नेपालगंज बाँकेको प्राङगणमा सामुदायिक सेवा केन्द्र बाँके तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा मानवीय जिवन रक्षाका लागि रक्तदान भन्ने मुल मर्मको साथ बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ ।

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको प्रमुख आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा यस कार्यालय तथा मातहत समेतमा कार्यरत ९८ जना प्रहरी कर्मचारी र ३ जना सर्वसाधारण गरी जम्मा १०१ जनाले रक्तदान गरेका छन् ।

सबै रक्तदाताहरु तथा रक्त संंकलनमा खटिएका डाक्टर र रेडक्रसका स्वयमसेवकहरुलाई सामुदायिक सेवा केन्द्रका अध्यक्ष शशी स्वाँर र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक.ओम बहादुर रानाले प्रमाण पत्र वितरण गर्दै सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन ब्यक्त गर्नु भएको थियो ।

२०७७ श्रावण ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।