दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं.४ भेडपुका बौंद्धधर्म गुरु कुसुम लामाको आज(मंगलबार) बिहान ठीक १०:३० बजे ९२ वर्षको उमेरमा असमायिक निधन भएको छ ।
गोङफेल्लिङ (धर्म श्रवण तथा चिन्तन विस्तार) केन्द्रका कोषाध्यक्ष लोपोन ङिमा साङपोको पितासमेत रहनु भएका स्वर्गिय लामाको नयाँ वस्तिमा मंगलबार भएको निधनले दु:खि बनाएको ल्होसोम धासोम (तिन वर्ष,तिन महिना,तिन दिनसम्म) कठोर ध्यान बस्नु भएका प्रख्यात बौंद्ध धर्म गुरु हुनु भएकोले बौंद्ध विधिनुसार ४९ दिनसम्म लामा गुरुहरुको उपस्थितिमा पुजापाठ गर्ने जनाउनु हुँदैं,बौंद्ध धर्म गुरुको निधनले बौंद्ध धर्ममा ठुलो क्षति पुगेको बौंद्धधर्म गुरुहरुको भनाई रहेको छ ।
साथै उहाँलाई धर्मगुरुको रुपमा चिन्नु हुने, बुझ्नु हुने, देख्नु हुने सबै संघ संस्था एंव सम्पूर्ण शुभचिन्तक हरुले सामाजिक संजाल मार्फत आफन्तजनमा गहिरो समवेदना सहित भावपूर्ण हार्दिक श्रद्धान्जली ब्यक्त गरेका छन्।
स्वर्गीय धर्मगुरु तामाङ सोसाइटी अफ नर्थ अमेरिका (TSNA) का अध्यक्ष लाक्यान लामाको ससुरा-बुबा हुनुहुन्छ र लामाले आफ्नो ससुरा बुवाको शोकमा धेरै दु:ख ब्यक्त गर्दै उहाँको पार्थिव शरीर ४९ दिन सम्म घरमै राखिने भएकोले सबैमा प्रार्थनाका लागि अनुरोध समेत गरेका छन् ।
२०७७ श्रावण २, शुक्रबार प्रकाशित