गजल

|

तिमी नजिक हुदाँ कोइली पनि लजाएर गित गाउदैन,
तिम्रो उपस्थिति बिना मेरो जिवनमा उमंग छाउदैन।
उ झरीमा रोमान्टिक गफ गरौन भन्दै कल गर्छ,
मेरो घरमा टिन बजेर डिस्टर्ब हुन्छ मज्जा आउदैन।
परदेश गएसी खाने बेलामा भिडियो कल गर्छ,
घरको खाना देखाइ उस्लार्इ रुवाउन मन लाउदैन।
टन्टलाापुर घाममा बसेर पानी र बिस्कुट खान्छौ रे,
थाहा छ मलाइ मन बुझाउछौ तर पेट अघाउदैन।
कठै आमा सोध्न छोडिन छोरा कहिले आउछौ भनी,
किनकि जति मन भएनी म्याद नपुगी आउन पाउदैन।

  • युवा गजलकार अस्मिता भट्टराई 

केराबारी गाउँपालिका,मोरङ जिल्ला

२०७७ श्रावण २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।