
नारी तिमी महिना नै पिच्छे रगतको होली खेल्दै जिन्दगीलाई श्रृङ्गार गर्दैछौ ।
तिम्रो प्रेमको जादुमा फूलले मुस्कुराउन सिक्छ।
तिमी आभाा हौ बिहानी प्रभातको ,
तिमीबाटै सुरुवात हुन्छ हर पाइलाहरुको यात्रा,
तिमी धर्ती हौ,तिमी सृष्टि हौ,
तिमी पुष्प हौ,पुष्पको सुवास हौ
जिन्दगीले सौन्दर्य छर्न तिमी बाटै सिक्छ।
बारुद पड्काएर क्रान्ति गर्नेहरू ,
रगत बगाएर सिमाना कोर्नेहरु,
पराजय बनेका छन् तिमीसँग ।
कहिले प्रसवको नाउँमा ,
कहिले महिनावारीको नाउँमा
तिमी भित्र चलिरहेको छ रगतको युद्ध
दन्किरहेको क्रान्तिका ज्वाला सायद
भस्म पारिदिन्छन समाजलाई नै
र त डराउछ यो समाज रक्त क्रान्तिसँग
छुदैनन तिमीलाइ तिम्रा रगतभेल
परिवर्तनको निम्ति बग्दै गर्दा
छाउगोठमै युद्धको रक्त भेलसँग लडिरहेको हुन्छौ
रणभुमीको सिपाही भन्दा बलवान् छौ तिमी
तिमीले क्रान्ति गर्दैगर्दा जन्मन्छन् हजारौं परिवर्तनहरु
ए अामा, दिदीबहिनी नदेखाउनुस् रगतका टाटाहरु
तेहि रगतले बिस्फोट गराइदिन्छन
क्रान्तिको ज्वारभाटा ।
बालकले धर्ती टेक्नु पुर्व
नेपालको गर्भमा शान्तिको भ्रुण विकसित हुनु पुर्व
एक परिवर्तनको अावश्यक
र हुनुपर्छ नारी रक्त क्रान्ति
- अप्सरा सुनार