किताब यात्राको प्रमुख कार्यकारी अधिकृतमा विकेश भट्टराई नियुक्त

|

काठमाडौं /  किताब यात्रा प्राईभेट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विकेश भट्टराईलाई नियुक्त गरेको छ । भट्टराईलाई किताब यात्रा प्राईभेट लिमिटेडको सञ्चालक समितिको बैठकले मिति २०७७ साल असार २९ गतेका दिन देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

विकेश भट्टराईको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ । उनले साढे २ वर्ष देखि डिपुटि सीईओको रुपमा किताब यात्रामा कार्य गरिरहेका थिए। नव नियुक्त सीईओ भट्टराई भन्छन्, ‘सम्पूर्ण पाठकले किताब पढ्न पाउने वातावरण निर्वाण गर्नु र पठन संस्कृतिको विकासका लागि जति सक्दो काम गर्न पाउनु नै हाम्रो प्रमुख लक्ष्य हुनेछ। हामी अहिले ४५ ठाउँमा ‘क्यास अन डेलिभर’ को रुपमा काम गरिरहेका छौं, यसलाई जति सक्दो धेरै स्थानमा सेवा बिस्तार गर्ने प्रक्रियामा हामी चाडै जानेछौं। ‘

ऋषिराम अधिकारीले साढे २ वर्ष सीईओको रुपमा किताब यात्रामा काम गर्दै आएका थिए। उनको राजिनामा पश्चात किताब यात्रा प्रा लिको संचालक समितिले विकेश भट्टराईलाई सीईओको रुपमा नियुक्त गरेको हो। किताब यात्राले देश तथा विदेशमा रहने किताब प्रेमीहरुलाई दैलोसम्म किताब डेलिभरी गर्ने काम गर्दै आईरहेको छ।

२०७७ असार ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।