गजल

|
प्रमाणित गरेर देखाउनु छ संसारलाई
हुलाक रोज्न सक्छन् कर्मचारी छाडेर भंसारलाई
देश किन बिग्र्यो भनेर निधार खुम्च्याउनुको अर्थ छैन
गरेकै हो हामीले सलाम दलाललाई र अवहेलना कामदारलाई
हो यो हल्ला को देशमा कपाल फुलेर के गर्नु
दिनदिनै सेम्पु फेर्ने हरु छन् पत्याएर झुठो प्रचारलाई
जबसम्म आफ्नै बच्चा निजी स्कुल पठाउछ सरकारी शिक्षक
तबसम्म गाली मात्र गरेर के गर्नु हामीले सरकारलाई
– भरत रोदन साउद 

२०७७ असार ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।