नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ पुरैनीले चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा वडाले सम्पादन गरेका कार्यहरु सार्वजनिक गर्न र सुशासनको प्रत्याभुतिको लागि सार्वजनिक सुनुवाईको आयोजना गरेको छ । सार्वजनिक सुनुवाईमा पुरैनीबासीले सक्रिय रपमा भाग लिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ ले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे आयोजित सार्वजनिक सुनुवाईमा भाग लिँदै वडाबाट प्रवाह हुने सेवा बारे पुरैनीका स्थानीय सहभागीले खुलेर प्रश्न जिज्ञासा राखेका थिए । उनीहरुले सिचाईको उचित ब्यव्स्था नभएको,सडकमा खाल्डाखुल्टी भएको, डिप बोरिगं र कान्ति ताल निर्माण बारे, कृषिमा किसान केन्द्रित कार्यक्रम नभएको, सरसफाईको उचित ब्यवस्थापन नभएको र कोविडमा भएको खर्चबारे प्रश्न र सोलार बत्ती निर्माण नभएको बारेमा प्रश्न राखेका थिए ।
सोही कार्यक्रममा सहभागी अंकिता गुरुगंले फोहर ब्वस्थापनकाृ लागि डस्टविनको ब्यवस्था गर्नु पर्ने माग राखिन् । त्यसैगरि अर्का स्थानीय मोहम्मद रहिम दर्जीले जातिय र धार्मिक विभेद हटाउनु पर्ने विचार राखे । वडा नं. २२ वडा अध्यक्ष विद्याराम बर्माले वडाले गरेका कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा वडा अध्यक्ष बर्माले वडा नं. २२ ले प्रवाह गर्ने सेवा सुविधा र कार्यप्रगतिबारे नागरिकलाई जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाईमा आएका सहभागीले उठाएको प्रश्नको जवाफमा वडा नं. २२ वडा अध्यक्ष विद्याराम बर्मा, वडा सचिव भुपेन्द्र कँडेल, वडा सदस्यहरु, विषयगत शाखाका प्रमुखहरुले दिएका थिए । चालू आर्थिक वर्षको वडाले गरेका विभिन्न गतिविधि, आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दै बर्माले विषयगत शाखाहरुले गरिरहेको कार्यप्रगतिका साथै वडाहरुमा भइरहेको विकास निर्माणमा कोरोनाले प्रभावित भएको बताए । बासले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा कार्यक्रमको अन्त्यमा ६ बुँदे प्रतिबद्धता पनि गरेका थिए । सेवा प्रवाहलाई चुस्त दुरुस्त र जनअपेक्षा अनुकूल बनाउन प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ । सार्वजनिक सुनुवाईको सहजीकरण बासका रविन्द्र बोहराले गरेका थिए ।