लेखक तथा साहित्यकार गोपी मैनालीलाई राष्ट्रिय प्रतिभा पुरस्कार

|

काठमाडौं / नेपाल सरकारले आज भानु जयन्तीको उपलक्ष्यमा यस बर्षको राष्टिय प्रतिभा पुरस्कार विभिन्न सर्जकहरुलाई समर्पण गरेको छ। राजधानीमा एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले भाषा साहित्य, कला, संस्कृति तर्फका पुरस्कारहरु समर्पण गरी पुरस्कार सहित सम्मान गरेका थिए ।

बाग्मती प्रदेशबाट भाषा साहित्यतर्फको प्रतिभा पुरस्कारबाट साहित्यकार गोपी मैनालीलाई प्रदान गरिएको छ । निजले समालोचना, निवन्ध तथा कथा विधामा पुर्याएको योगादन स्वरुप रु ५० हजारको नगद सहित सम्मान समर्पण गरिएको हो ।

साहित्यका विभिन्न क्षेत्रमा चालिसको दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन् ।मैनाली नेपाल सरकारका सचिव हुन् । साहित्यसँगै समसामयिक चिन्तन तथा विश्लेषणमा मैनाली कलम चलाउँछन् । उनका ९ वटा पुस्तक तथा थुप्रै लेख रचना विभिन्न पत्र पत्रिकामा प्रकाशित छन् ।

२०७७ असार २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमा र युट्युवमा पनि जोडिन सक्नुहुनेछ ।