काठमाडौं । सुनको भाउ फेरि बढेको छ । सोमबार छापावाल सुन अघिल्लो दिनको तुलनामा तोलामा २ सयले बढेर ९२ हजार ३ सय रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेकाले नेपालमा पनि त्यसको प्रभाव परेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।
आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।