बाढी प्रतिकार्य प्रभावकारी वनाउन कृतिम घटना अभ्यास

|
वर्दिया / जिल्ला विपद् व्यवस्थापन समिति वर्दियाले वाढीको कृतिम घटना अभ्यास गरेको छ । वाढीको वखत हुनसक्ने मानविय तथा भौतिक क्षति तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि बबई नदिमा कृतिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा भएको वाढीको कृतिम घटना अभ्यासमा करिव १ सयजना जनशक्तिको सहभागी रहेको थियो ।
जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार बबई नदिको भादा पुल नजिकै कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति वर्दियाका अध्यक्ष लिलाधर अधिकारीले कृतिम घटना अभ्यासले वाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुगेको वताउनुभयो । “यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने छ ।
मनसुन सकृय रहेको र वाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ ”प्रजिअ अधिकारीले वताउनु भयो ।बाढी कृतिम अभ्यास कार्यक्रममा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र तथा सुरक्षा निकायमा रहेका रवर वोट, खोज तथा उद्धार सामाग्रीहरुको प्रयोग गरिएको प्रशासकिय अधिकृत नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

२०७७ असार २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।