अभिनेत्री ऐश्वर्या बच्चन र छोरी आराध्यालाई पनि कोरोना सङ्क्रमण

|

भारत / भारतका सुप्रसिद्ध बलीवुड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि परीक्षण गर्दा परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । अभिषेककी पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्यालाई पनि कोरोनाभाइरस पुष्टि भएको हो । मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिश्नर विश्वास मोटेले ऐश्वर्यालाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेका हुन्।

शनिवार अमिताभ र अभिषेक सङ्क्रमित भएको पुष्टि भएको थियो। उनीहरू सङ्क्रमित भएपछि बलीवुडका हस्तीहरू र उनीहरूका प्रशंसकहरूले सुस्वास्थ्यको कामना गरेका छन् । अमिताभ बच्चनले र अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी ट्वीट मार्फत दिएका थिए ।

दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। दुवै जना मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएका छन्। दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिट्वरमार्फत् उनीहरूको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

२०७७ असार २८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।