टिप्परको ठक्करबाट नेपालगन्जका ६० वर्षिय बृद्धको मृत्यु

|

नेपालगन्ज / आईतबार बेलुका टिप्परले ठक्कर दिदा नेपालगन्जका एक बृद्धको ज्यान गएको छ । बेलुका ७ः४५ बजेको समयमा धम्बोझीबाट खजुरातर्फ जाँदै गरेको भे१ख ३००३ नम्बरको टिप्परले नेपालगन्ज उपमहानगरपालिका १ नन्दनि मिल नजिकै साईकल यात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाईते भएका नेपालगन्ज उपमहानगरपालिका ११ भट्टीटोलका ६० वर्षिय साईकल यात्री बुद्ध बहादुर लखेरको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटना लगत्तै लखेरलाई उपचारकालागि नेपालगन्ज शिक्षण अस्पताल लगिएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

साईकल यात्रीलाई ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

२०७७ असार २८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।