खोज तथा उद्धार सामाग्री तथा पुनःर्ताजगी स्वरुप बाढी कृतिम घटना अभ्यास

|

बाँके / जिल्ला विपद् व्यवस्थापन समितिबाँकेको आयोजनामा आज वाढीको कृतिम घटना अभ्यास सम्पन्न भएको छ । वाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामाग्री र जनशक्तीको अद्यावधिक तथा पुनःर्ताजगीका लागि तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि राप्ती नदिमा बाढी कृतिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो । नेपाली सेना, शसस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोग र उपस्थितिमा बाढीको कृतिम घटना अभ्यास गरिएको थियो भने घटना अभ्यासमा उद्धार गरि ल्याइएका घाइतेहरुलाई नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरि नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो । सोे वाढीको कृतिम घटना अभ्यासमा करिव १ सय ७० जना व्यक्तिहरुको सहभागी रहेको थियो ।
विपद् पूर्वतयारी तथा प्रतिककार्यका लागि बनाईएको जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार सोको प्रभावकारीका लागि सो योजनाको परिक्षण समेत गर्नूपर्ने व्यवस्था भए बमोजिम सिधनियाघाट स्थित राप्ती नदिको पुल नजिकै कार्यक्रम आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक राम बहादुर कुरुङबाङ्ले कृतिम घटना अभ्यासले वाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुगेको वताउनुभयो । “यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने छ । बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ प्रजिअ कुरुङबाङ्ले वताउनु भयो ।
बाढी कृतिम अभ्यास कार्यक्रममा नेपाली सेना र शसस्त्र प्रहरी बलसंग रहेको मोटरबोट, रवरबोट, गोताखोर सामाग्री, लाईफ ज्याकेट लगायतका खोज तथा उद्धार सामाग्रीहरुको प्रयोग गरिएको थियो । उक्त कार्यक्रममा नं.४ बाहिनी इमाननगरका बाहिनीपति, ४ वटै सुरक्षा निकायका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटी बांकेका सभापति, कार्यालय प्रमुख, उपशाखा पुरैनीका सभापति, सबै क्षेत्रगत अगुवाहरु, डुडुवा गाउँपालिकाका उपाध्याक्ष, प्रमुख प्रशासकिय अधिकृत, विपद् फोकल पर्सन, विश्व खाध कार्यकमका प्रतिनिधि, बिपद्संग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका प्रमुख एबम प्रतिनिधि, संचारकर्मीहरुको उपिस्थिति रहेको थियो ।

२०७७ असार २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।