करेन्ट लागेर एक बालकको मृत्यू

|

नेपालगन्ज / शुक्रबार बिहान कोहलपुर नगरपालिका वडा नं. १० का १४ वर्षिय डिजन गुरुङलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै अस्पताल लैजादैं गर्दा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । धारासँगै जोडिएको मोटरबाट लिग भएको करेन्ट लागेर कोहलपुरका एक बालकको ज्यान गएको छ ।

बिहिवार बेलुका देखि परेको अविरल वर्षाका कारण मोटर जडान गरिएको धारामा जोडिएको करेन्ट लिग भएको थियो । मृतक बालकको शवलाई पोष्टमार्टमकालागि भेरी अस्पताल नेपालगन्ज पठाईएको छ ।

२०७७ असार २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।