
काठाडमौं / २४ घण्टामा १ सय १८ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ६ सय ४९ पुगेको छ।
तीमध्ये ८ हजार ११ जना निको भएर घर फिर्ता भएका छन् भने हालसम्म ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । प्रवक्ता गौतका अनुसार सोही अवधिमा १२० जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ ।
संक्रमित हुनेमा काठाडमौंका २८, ललितपुरका १३, सुर्खेतका ११, गुल्मीका ६, इलामका २, पाँचथरका २, सिरहाका २, धनुषाका ४, महोत्तरीका ४, रसुवाका १, डोटीका १, चितवनका १, बाँकेका १, भक्तपुरका १, काभ्रेपलान्चोकका २, रामेछापका १, रौटहटका १, सिन्धुलीका १, सिन्धुपाल्चोकका १, पाल्पाका ४, रुपन्देहीका १ जना, मकवापुरका १, धादिङका १, कैलालीका १, बागलुङका २, तनहुँका ८, गोरखाका १, नवलपरासीका २, बाजुराका १, दैलेखका २, डोल्पाका १ र सल्यानका १ जना रहेका छन् ।