
काठमाडौं / लोक दोहोरी गायक एवम् संचारकर्मि कमल वि.सि माल्दाईको नया तिज गित “लुति” भखरै सार्वजनिक भएको छ । छोटो समयमै गीतलाइ निकै रुचाएको छ। गीतले चर्चा पाउँदा यहिले यो गीत यूटुव ट्रेन्डिङ ४५ मा आईपुगेको छ । हरिमाया रायमाझिको शब्द सृर्जना एवम् विशाल रायमाझीको लय रचनामा रहेको गितमा कमल विसि र प्रतिक्षा बाग्लेको सुमधुर स्वरमा सजिएको छ ।
राजकुमार मगरको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा सागर गौतमले छायांकन र राजकुमार मगरले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियोमा एलिना रायमाझी , यादव देवकोटा ‘सरापे’ , रोहित वानिया लगायत कलाकारहरुको अभिनय रहेको छ । गितको म्युजिक भिडियो निकै उत्कृष्ट बनेर बजारमा आएको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ। गितलाई बिशाल रायमाझिको अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको छ ।