देशभरी भारी बर्षा हुने, बाढी, डुबान र पहिरोको जोखिम

|

काठमाडौं । आज रातीदेखि देशभरी भारी बर्षा हुने भएको छ । आजदेखि चारदिन आइतबारसम्म मनसुनी गतिविधि बढ्ने र यो बर्षकै धेरै बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको छ । पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहनुका साथै कतिपय ठाउँमा पहिरोसमेत जान सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकले सतर्क रहन सबैमा आग्रह गरेको छ । शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

२०७७ असार २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।