संगीतकार सन्तोष श्रेष्ठलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र

|

काठमाडौं / तिम्ले पराई ठानेपछी पराई हुन…, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ.., लगायत दर्जनौं नेपाली सुगम गीत संगीतका सफल सङ्गीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । उनको संगीतमा दर्जनौ एल्बमहरू बजारमा आइसकेका छन । अहिलेका यिनै चर्चित संगीतकार सन्तोष श्रेष्ठ बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत भर्न सफल भएका कारण गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउंन सफल भएका हुन् ।
गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारका रूपमा प्रमाणपत्र प्रदान गरेको छ । डि आर उपाध्यायको शब्द र सन्तोषको संगीतमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो । बिगत २० बर्षदेखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय सन्तोष यो सफलताले आगामी दिनमा झनै गीत संगीतमा डटेर लाग्ने प्रोत्साहन मिलेको कुरा बताउंछन ।

२०७७ असार २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।