यादव समाज सेवा केन्द्रको २० औँ साधारणसभा तथा पाँचौँ महाधिवेशन हुने

|

नेपालगञ्ज। यादव समाज सेवा केन्द्र, केन्द्रीय समिति नेपालगञ्ज बाँकेको २० औँ साधारणसभा तथा पाँचौँ महाधिवेशन कार्यक्रम आयोजना हुने भएको छ।

संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार कार्यक्रम २०८३ साल जेठ १६ गते शनिबार जिल्ला समन्वय समिति, बाँकेको सभाहलमा सञ्चालन हुनेछ।

महाधिवेशनसँगै रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच तथा सम्मान कार्यक्रम समेत आयोजना गरिने जनाइएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी तथा यादव समुदायका प्रतिनिधिहरुको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यादव समाज सेवा केन्द्रले समाजिक एकता, सामाजिक विकास तथा समुदायको हकहितका लागि निरन्तर कार्य गर्दै आएको उल्लेख गर्दै महाधिवेशनमार्फत आगामी कार्यदिशा तय गरिने जनाएको छ।

२०८३ जेष्ठ ११, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।