अनलाईनबाट पत्रकारिताको १० महिने तालिम शुरु

|
काठमाडौं,
व्यावसायिक पत्रकारिता प्रशिक्षणका लागि यही असार १७ गतेदेखि चर्चित मुलुकको पहिलो संस्था नेपाल प्रेस इन्ष्टिच्यूट, काठमाण्डौले १० महिने पत्रकारिता तालिमको ३६औं समूह (ब्याच)को प्रशिक्षण सुरु गरेको छ ।
मुलुकको विभिन्न जिल्लाका २१ प्रशिक्षार्थी पत्रकार भर्ना भएर तालिम लिइरहेका छन्’ तालिम संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिनुभयो।
यस तालिमको संरचना अनुसार पहिलो ६ महिना प्रत्यक्ष कक्षागत तालिम हुने र बाँकी ४ महिना कार्यक्षेत्रमा प्रयोगात्मक अभ्यास गराइने रहेको छ ।
प्रत्यक्ष तालिममा ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक ज्ञान दिइने पनि संयोजक काफ्लेले जानकारी दिनुभयो ।
तराई–पहाड सबै क्षेत्रबाट सहभागीहरु एकसाथ भर्चुअल कक्षामा भेलाभएर पढ्ने अवस्था सिर्जना गरिने भएकाले विद्यार्थीको रुचि बढेको,जूम क्लाउड र माइक्रोसफ्ट टिम प्रयोग गरेर कक्षा सञ्चालन भइरहेको बताउँदै काफ्लेले बताउनुभयो ।
लामा–छोटा तालिम गरी करिब ५ हजार विद्यार्थीलाई प्रशिक्षण दिइसकेको एनपिआईले दूर शिक्षा प्रणालीबाट तालिम दिए पनि अन्तिम परीक्षाकालागि भने सहभागीलाई भौतिक उपस्थिति नै गराइने छ।
नेपाल प्रेस इन्स्टिच्यूटले काठमाण्डौं बाहेक विराटनगर र नेपालगञ्जमा रहेका आफ्नो क्षेत्रीय कार्यालयहरुमार्फत् पनि पत्रकारिताकाका विभिन्न छोटो तथा लामो तालिमहरु दिंदै आइरहेको कुरा क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक मोहम्मद आरिफ अन्सारीले बताउनु भएकोछ ।

२०७७ असार २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।