जिवन उपयोगी शिप तालिम सम्पन्न

|

खजुरा / जिवनलाई कसरी ब्यवस्थित र सहज बनाउने भन्ने महत्वपूर्ण ज्ञान र शिप हासिल गरेको खजुरामा आयोजित जिवन उपयोगी सिप तालिमका सहभागिहरुले बताएका छन् । खजुरा गाउँपालिका वडा नम्बर ३ को सहयोग तथा बास नेपालको आयोजनामा आज सम्पन्न दुइदिने क्षमता अभिबृद्धी तालिमका सहभागिहरुले यस्तो बताएका हुन् ।

तालिमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि सहभागि करुणा सुनारले तालिमबाट जिवन उपयोगी महत्वपूर्ण कुराको ज्ञान हासिल गरेको बताइन । उनले तालिम पश्चात बोली, ब्यवहार, संचार, तनाव ब्यवस्थान लगायतका महत्वपूर्ण बिषयमा शिप हासिल भएको र सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरे । यसैगरी तालिमका अर्का सहभागि दिया सुनारले तालिमबाट अपेक्षा गरे भन्दा बढी सिप र ज्ञान हासिल गरेको बताइन । सिकेको कुरालाई ब्यवहारमा लागुगर्ने उनको प्रतिबद्धता थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा सचिब युवराज आचार्यले दुई दिनको तालिमबाट सहभागिहरुमा देखिएको उत्साहले खुसी बनाएको बताए । किशोरी र वालवालिकाहरुका लागि तालिम उपयोगी र प्रभावकारी भएको बताउदै उनले आगामी दिनमा समेत वडामा रहेका बालवालिकाहरुको क्षमता अभिबृद्धीका लागि वडाले ध्यान दिने प्रतिबद्धता गरे । कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जिवन उपयोगी शिप ब्यवहारिक रुपमा महत्वपूर्ण हुने भन्दै सिकेको कुरालाई ब्यहारमा लागु गर्न अनुरोध गरे । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिममा जिवन उपयोगी सिप, बाल अधिकार संरक्षण, जिवन उपयोगी शिपका तत्वहरुका बिषयमा खजुरा गाउँपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुशिला न्यौपाने, बास नेपालका निर्देशक हेमराज भट्ट, जमुना चौधरी, शोभा भण्डारी, शोभा थापा मगर र रचना चौधरीले सहजिकरण गरिरहेका छन् ।

तालिमको समापनमा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, खजुरा ३ का वडा सचिब युवराज आचार्य, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी लगायतको उपस्थिती रहेको थियो । खजुरा गाउँपालिका वडा नम्बर ३ का ३५ जना बाल क्लब पदाधिकारी र किशोरीहरुको सहभागिता रहेको तालिम चैत्र २३ र २४ गते सञ्चालन भएको हो ।

२०८२ चैत्र २४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।