नेपालगन्ज । श्रवण तथा बोलाइ सम्बन्धी समस्याको विशेषज्ञ सेवा प्रदान गर्दै आएको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक प्रा.लि. ले नेपालगन्जमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धम्बोजी चोकस्थित बेस्ट फाइनान्स भवनको दोस्रो तल्ला मा स्थापना गरिएको शाखाको नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नु भयो ।
काठमाडौंमा मुख्य कार्यालय रहेको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक विगत १५ वर्षदेखि श्रवण तथा स्पीच स्वास्थ्य सेवामा सक्रिय रहँदै आएको छ । करिब ४० लाखको लगानीमा स्थापना गरिएको क्लिनिक सुरू भएसंगै नेपालगन्ज लगायत पश्चिम नेपालका कान सम्बन्धि समस्या भएका बिरामीहरूले सहजै गुणस्तरीय सेवा पाउने छन । सेवा शुभारम्भ भएको अबसरमा टिचिङ अस्पताल काठमाडौका बरिस्ठ नाक कान घाँटी रोग बिशेषज्ञ डा योगेश न्यौपाने, अडियोलोजिष्ट शैलेन्द्र शाहले बिरामीहरूको निशुल्क चेकजाँच गर्नु भएको थियो । साथै, क्लिनिकले बीपी आई फाउन्डेसन थिमी, आरुस लाइफस्टाइल अस्पताल पुल्चोक र बी एन्ड बी अस्पताल ग्वार्को लगायतका अस्पतालहरूमा अडियोलोजी सेवा उपलब्ध गराउँदै आएको छ ।
नेपालगन्ज शाखा मार्फत यहाँका सेवाग्राहीहरूका लागि ज्भबचष्लन त्भकत, ज्भबचष्लन ब्ष्म त्चष्ब ितथा ँष्ततष्लन, क्उभभअज त्जभचबउथ तथा ऋयअजभिबच क्ष्mउबिलत सम्बन्धी सेवा उपलब्ध हुनेछन् । आधुनिक उपकरण र विशेषज्ञ प्राविधिक टोलीमार्फत श्रवण तथा बोलाइ सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई प्रभावकारी उपचार तथा परामर्श प्रदान गरिने क्लिनिकका अध्यक्ष पुरूषोतम भुर्तेलले बझाउनु भयो ।
नेपालगन्जमा शाखा विस्तारसँगै सुदूरपश्चिम तथा लुम्बिनी क्षेत्रका सेवाग्राहीहरूलाई गुणस्तरीय श्रवण तथा स्पीच सेवा सहज रूपमा उपलब्ध हुने विश्वास लिइएको छ । श्रवण वा बोलाइसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक नेपालगन्ज शाखा विशेषज्ञ सेवा प्राप्त गर्ने विश्वासिलो केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।






