स्वर्गीय प्रविन थापाको जन्मदिनको अवसरमा १ दिने आँखा, कान र दाँतको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

|

बर्दिया । स्वर्गीय प्रविन थापाको जन्मदिनको अवसर पारेर फागुन ६ गते बर्दियाको बढैयाताल गाउँपालिका–१, सानो डाँफे स्थित श्री वीरभद्र राष्ट्रिय आधारभूत विद्यालयमा १ दिने निःशुल्क आँखा, कान र दाँत सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।

विहान ११ बजेदेखि सञ्चालन गरिएको उक्त शिविरमा २१७ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। शिविरमा डेन्टल सर्जन डाक्टर पुष्कर न्यौपाने, अस्मिता पोखरेल र पास्कल बिस्ट र अडियोलोजिस्ट पूरन थारु र बसन्ती थारु त्यसैगरी अप्टोमेट्रीस्ट यादव पौडेल र आदित्य पौडेल रहेका थिए। स्वास्थ्य जाँच तथा आवश्यक सुझाव प्रदान गर्नुभएको थियो। सो स्वास्थ्य शिविरमा कैलपाल एकेडेमी फर हेल्थ साइन्सका विद्यार्थीहरूले सहयोग गरेका थिए। त्यसैगरी औषधि वितरणमा राजन शर्मा र दीर्घ केसीले सहयोग गरेका थिए।

ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। आँखाको जाँच, कानसम्बन्धी समस्या पहिचान तथा दाँत परीक्षणसहित आवश्यक औषधि वितरणसमेत गरिएको आयोजकका प्रतिनिधि शर्मिला थापा घर्तीले जानकारी दिनुभएको छ।

उक्त शिविर डम्बर बहादुर थापा फाउण्डेशन, नेपालगञ्ज–१८, बाँकेको आयोजनामा सम्पन्न भएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रमप्रति स्थानीयवासीले आयोजकप्रति आभार व्यक्त गरेका छन्।

स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेका समुदायलाई लक्षित गरी यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने आयोजकले जनाएको छ।

२०८२ फाल्गुन ६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।