गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

|

काठमाडौं / नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रमा सक्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी रजनी केसीका अनुसार तामाङको आज बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा उहाँको निधन भएको हो,’ चलचित्रकर्मी रजनी केसीले भनिन्, ‘हृदयघात भएको भन्ने जानकारी आएको छ।’

४३ वर्षीय तामाङ इन्डियन आइडलका विजेतासमेत हुन्। उनी नेपाली चलचित्र क्षेत्रमा गायनसँगै अभिनयमा पनि सक्रिय थिए। उनका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ लगायतका गीतहरू अत्यन्तै चर्चित छन्।

तामाङको निधनले नेपाली संगीत तथा फिल्म क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

२०८२ पुष २७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।