नेपालगञ्ज । सहयात्री नेपालको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। पौष २८ गते बिहान ९:३० बजेबाट भेरी अस्पताल, बाँकेस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रमा सञ्चालन हुनेछ।
रक्त अभावका कारण उपचारमा समस्या नआओस् भन्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सर्वसाधारणलाई सक्रिय सहभागिता जनाउन आयोजक सहयात्री नेपालले आग्रह गरेको छ। “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा एक थोपा रगतले पनि अमूल्य जीवन बचाउन सकिने सन्देश प्रवाह गरिनेछ।
मानवताको महान कार्यमा सहभागी भई सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबै इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित हुन सहयात्री नेपालले अनुरोध गरेको छ।






