माघ १ गते नेपालगञ्ज उप–महानगरपालिका राँझा ब्यारेक नजिक बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा छेलो हान्ने, धनु–बाँण तथा एकल सांस्कृतिक नृत्य प्रतियोगिता सञ्चालन गरिनेछ। साथै विभिन्न मगर समुदायका परम्परागत खानाका परिकारहरू पनि प्रदर्शनीका रूपमा राखिने आयोजकले जनाएको छ।
प्रतियोगितामा मगर समुदायका व्यक्तिहरू मात्र सहभागी हुन पाउनेछन्। नृत्य मगर संस्कृति झल्काउने गीतमा आधारित हुनुपर्नेछ भने प्रस्तुतीकरणको समय चार मिनेट वा सोभन्दा कम तोकिएको छ। सहभागी हुन इच्छुकले रु ५०० दर्ता शुल्क तिर्नुपर्नेछ। प्रतियोगितामा बढीमा २५ जना मात्र सहभागी गराइनेछ।
उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको निर्णायकको निर्णय अन्तिम मानिने आयोजकले स्पष्ट पारेको छ।
कार्यक्रममा सहभागिता जनाउन नेपाल मगर संघ नेपालगञ्ज नगर कमिटीले सबैलाई आग्रह गरेको छ।






