नेपालगन्ज । होटल कल्पतरुको आयोजनामा नयाँ वर्ष २०२६ को अवसरमा विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको छ। होटल कल्पतरुको १०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागिएको यस कार्यक्रमलाई भव्य रूपमा मनाइने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी, लोकप्रिय गायक महेश काफ्ले तथा मोडल सन्चिता बोलाखेले विशेष प्रस्तुति दिनेछन्। नयाँ वर्षलाई आरामदायी वातावरण, लक्जरी सेवा र उत्कृष्ट आतिथ्यका साथ मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल कल्पतरुका जनरल म्यानेजर लक्ष्मण पन्थीले बताउनुभएको छ।
कार्यक्रममा सहभागी हुन चाहनेका लागि टिकट दर वयस्कका लागि १ हजार ८ सय रुपैयाँ, जोडीका लागि ३ हजार ५ सय रुपैयाँ तथा ८ वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि १ हजार रुपैयाँ तोकिएको छ।
सांगीतिक प्रस्तुति, मनोरञ्जन तथा विशेष आतिथ्य सेवासहित नयाँ वर्षलाई यादगार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल व्यवस्थापनले जनाएको छ। कार्यक्रमले नयाँ वर्षको उत्साह थप्ने विश्वास आयोजकको छ।






