नेपालगन्ज / पाटे बाघको छाला र हड्डी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कुशुम र प्रदेश नं. ५ का अनुसन्धान समुहको सयुक्त अनुगमन टोलीले पाटे बाघको छाला र हड्डी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । आइतवार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, सिमलघारीका ४६ बर्षिय नवराज घर्तिमगरलाई पक्राउ गरि सार्वजनिक गरेको छ । घर्तिमगरलाई पक्राउ गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी गराउनुभयो ।
घर्तीमगरले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखेको पाटेपाटे बाघको छाला र हड्डीसमेत बरामद गरेको जनाएको छ । घर्तिमगरको साथबाट बाघको छाला एक थान, हड्डी १० किलो ५०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । घतीमगरलाई सोही ठाउँ बस्ने प्रकाश आचार्यले दिएको अनुसन्धानबाट खुल्न आएको एसपी रानाले बताउनुभयो । नवराज घर्तीमगरलाई गाभर बस्ने नरे घर्तीले २४ लाखमा बिक्री गराउने कुरा समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रकाश आचार्य र नरे घर्ति भन्ने व्यक्ति फरार रहेको र उनिहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
|
२०७७ असार २१, आईतवार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC