नेपालगन्ज / बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पत्रकारिता पेशा जहिले पनि अडिक भएर गर्नुपर्ने बताउनुभएको छ । साथै बाँके जिल्लालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस्तो बताउनुभएको हो ।
केहीदिन अगाडी बाँकेका प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका प्रजिअ कुरुम्वाङले तस्कर, दलालको दानापानी सुकाउने गरि समाचार सम्प्रेषण ढुक्क भएर लेख्न आग्रह गर्नुभयो । तस्कर, दलाल, प्रहरी प्रशासन कसैले पनि केही गल्ती गरे उनिहरुको बारेमा निर्धक्का साथ समाचार लेख्न प्रजिअ कुरुम्वाङले बताउनुभयो । पत्रकारिता पेशामा आँच आउन नदिने खाले समाचार निर्धक्कका साथ संम्प्रेषण गरे हुन्छ प्रजिअ कुरुम्वाङले भन्नुभयो । यस्तै बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बाँकेमा आएको १५ दिनमा १५ सफलता प्राप्त गरेको बताउनुभयो । बाँके जिल्लामा पत्रकारहरुको साथ सहयोगले काम गर्ने वातावरणमा सहजता भएको उहाँले धारणा राख्नुभयो । हरेक दिन नयाँ कार्य गर्ने योजनाका साथ एसपी रानाले पत्रकारहरुको योगदानले झनै काम गर्ने हौसला र उर्जा थपेको जानकारी गराउनुभयो । बाँकेका पत्रकारहरुको योगदानले काम गर्ने प्रेरणा थपेको छ यसलाई मैले अवसरको रुपमा लिएको उहाँले जानकारी गराउनुभयो ।
|
२०७७ असार २१, आईतवार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC