नेपालगन्ज/ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँके शाखाले आइतबार बाँके जिल्लामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्वागत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा एक महिना अघि सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालय बाँकेमा १५ दिन अघि सरुवा भई आउनु भएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई फोनिज बाँकेले आइतबार स्वागत गरेको हो ।

फोनिज ५ नम्बर प्रदेशका महासचिव गजेन्द्र गुरुङ, प्रदेश सदस्य रबिन्द्रमान शेरचन, प्रज्वल श्रेष्ठ, फोनिज बाँकेका संस्थापक सदस्य तथा सल्लाहकार पुर्णलाल चुके, सल्लाहकार गोपी बुढामगर, जिल्ला अध्यक्ष समिरमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले प्रजिअ कुरुम्बाङ र प्रहरी प्रमुख रानालाई फुलका गुच्छा र खादा दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

फोनिज बाँकेका अध्यक्ष समिरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो स्वागत कार्यक्रममा फोनिज बाँकेका कोषाध्यक्ष सोम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सचिब भगतराम थारुले कार्यक्रम संचालन गरेका थिए ।






