डुडुवामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

|

डुडुवा ।  गोपाल नीना फाउण्डेसन नेपालद्वारा डुडुवा गाउँपालिका–२, नौरीगौढीमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सक टोलीमार्फत स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो। यस कार्यक्रमबाट ४५० जना (२९५ महिला र १५३ पुरुष) प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
यस अवसरमा Sanjeevani College of Medical Sciences Pvt. Ltd. का Medical Superintendent डा. रोमन किदवई, चिकित्सक टोली, साथै Nepal Medical and Sales Representing Association (NMSRA) नेपालगंज यूनिटका अध्यक्ष दिगम्बर पाण्डे लगायत सबै सहयोगीलाई फाउण्डेसनले विशेष धन्यवाद व्यक्त गरेको छ।

गोपाल नीना फाउण्डेसन नेपालले स्वस्थ समाज निर्माणका लागि यस्ता सेवामूलक कार्यहरूलाई आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछ।

२०८२ आश्विन ५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।