नेपालभरिबाट करिब १,८०० आवेदकमध्ये छनोट भएका २५ युवामध्ये रहीमत जहा खानले पनि स्थान बनाउन सफल हुनुभएको हो। उहाँको कार्यकाल सन् २०२५ सेप्टेम्बरदेखि २०२६ अक्टोबरसम्म रहनेछ।
युरोपेली संघको नेपालस्थित प्रतिनिधि टोलीले पठाएको पत्रमा रहीमतको चयनले “युवाको आवाजलाई नीतिगत तहमा पुर्याउन र नेपालका युवाका लागि युरोपेली संघका गतिविधिलाई अझ प्रभावकारी बनाउन टेवा पुग्ने” विश्वास व्यक्त गरिएको छ।
१५ देखि १८ सेप्टेम्बरसम्म काठमाडौंमा आयोजना हुने आवासीय अभिमुखीकरण कार्यक्रममा सहभागी भएपछि उहाँले औपचारिक रूपमा आफ्नो भूमिका सुरु गर्नुहुनेछ।
युरोपेली संघका प्रतिनिधि तोमास मिलारले पठाएको शुभकामना सन्देशमा रहीमतको उत्साह, प्रतिबद्धता र युवाका चुनौती तथा अवसरलाई उजागर गर्ने क्षमता को प्रशंसा गरिएको छ।