
अछाम । अछाममा पहिरोमा परी छाउ बार्न घरभन्दा केही पर त्रिपाल टाँगेर सुतेका ३५ वर्षीया निमा खनाल र साथमा ८ वर्षीया कविता भण्डारीको मृत्यु भएको छ । ३६ वर्षीया रत्ना भण्डारी घाइते भएकी छिन् ।
पञ्चदेवल विनायक नगरपालिका- ८ को सेलापानीस्थित चुरखोली टोलमा निमा र रत्ना दुवै महिनावारी भएकाले घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा भिरबाट खसेको पहिरोको ढुंगाले लागेको प्रहरीले जनाएको छ । ८ वर्षीया कविता आमा रत्नासँगै गएकी थिइन् ।
घाइते रत्नाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको र उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको प्रहरीले जनाएको छ ।