नेपालगञ्जमा अन्तर्राष्ट्रिय युवा दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

|
नेपालगञ्ज। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगर युवा क्लब सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन, सामाजिक विकास मञ्च, सम्भावना फाउन्डेसन, रुसुफ नेपाल र बी-ग्रुपको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा “नेपालगञ्जको विकासमा युवाको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सभ्य र सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा मंगल प्रसाद माविका लोकेश आर.सी. प्रथम, जिभिएनका सन्तोष विष्ट द्वितीय, सरस्वती मा.वि.की अस्मिता थापा तृतीय तथा मंगल माविका रोशन अली राई चौथो स्थानमा चयन भएका छन्। विजयी प्रतिस्पर्धीलाई प्रमाणपत्र, ट्रफी र आकर्षक पुरस्कारसहित सम्मान गरिएको हो।
निर्णायक मण्डलमा निर्मल सुवेदी, साहिल अन्सारी र बृजेश ठाकुर रहेका थिए। कार्यक्रम नगर युवा क्लब सञ्जालका अध्यक्ष आनन्द कुमार बर्माको अध्यक्षतामा सम्पन्न भएको हो।

 

२०८२ श्रावण २७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।