
नेपालगञ्ज । जापानमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै एनेक्स एजुकेशनल कन्सल्टेन्सीले नेपालगञ्जकी प्रेरणा गिरीलाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। आज नेपालगञ्जमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत उक्त घोषणा गरिएको हो।
एनेक्स एजुकेशनल कन्सल्टेन्सी विगत ६ वर्षदेखि जापानमा अध्ययनका लागि विद्यार्थीहरूलाई मार्गदर्शन र परामर्श प्रदान गर्दै आएको एक भरोसायोग्य संस्था हो। यस अवधिमा सयौं विद्यार्थीहरूलाई जापानका प्रतिष्ठित विद्यालयहरूमा भर्ना गराउन सफल रहँदै आएको छ।
संस्थाले जापानका टोकियो, ओसाका, हिरोसिमा लगायतका प्रमुख शहरहरूमा अवस्थित ए ग्रेड विद्यालयहरूसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ। यस सहकार्यकै कारण नेपालगञ्जमै बसेर विद्यार्थीहरूले जापानका विद्यालयहरूमा सिधै आवेदन दिन सक्ने सुविधा सुचारु गरिएको छ, जसले गर्दा अब विद्यार्थीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता हटेको छ।
संस्थाका सीईओ नवराज केसीका अनुसार, जापान जाने क्रममा विद्यार्थी र अभिभावकहरूले पर्याप्त मात्रामा सही परामर्श र जापानको कानुनबारे जानकारी नपाउँदा भोग्नुपरेका समस्याबाट बच्नका लागि सावधानी अपनाउन आवश्यक छ। एनेक्सले यस विषयमा आवश्यक जानकारी र परामर्श प्रदान गर्दै आएको छ।