
क्यालिफोर्निया– क्यालिफोर्निया स्थित लसएन्जल्समा 133 E Bonita Ave, San Dimas, CA 91773 हिमालयन क्याफेमा यहि आउँदो अगष्ट ८ तारिखका दिन नेपाली समुदायका लागि विशेष ‘मिट एन्ड ग्रिट’ अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रमका सहजकर्ता, पानस अमेरिकाका सल्लाहकार एंव NRNA ICC Member 2025-2027 का ज्ञानेन्द्र गुरुङका जानकारी अनुसार कार्यक्रम आउदो शुक्रबार बेलुकी 6:00 PM to 9.30 PM सम्म अन्तरक्रियात्मक कार्यक्रम हुनेछ।
कार्यक्रममा नेपाली संघीय संसदका सम्माननीय सांसद ज्ञानेन्द्र शाही विशेष अतिथि तथा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन्। लसएन्जल्स नेपाली समुदायका संस्था प्रमुख /प्रतिनिधिहरू, युवाहरु तथा विभिन्न संघसंस्थाका सदस्यहरूको उपस्थित रहने अपेक्षा गरिएको छ।
कार्यक्रम भेटघाट,खुला छलफल तथा डिनरको ब्यबस्था गरिएकोले आयोजक पक्षले कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण लसएन्जल्सबासी समुदायलाई आग्रह गरेका छन्।
कार्यक्रम तालिका:
मिति: Agust 8, 2025
समय: 6:00 PM to 9.30 PM
स्थान: Himalayan Cafe
133 E Bonita Ave, San Dimas, CA 91773