महिनावारी स्वच्छता जागरूकता मार्फत समुदायलाई सशक्त बनाउँदै सहयात्री नेपाल

|

नेपालगन्ज । सहयात्री नेपालले एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाको सहयोगमा, बाँके जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको विभिन्न ८ स्थानमा सीमान्तकृत समुदायका लागि महिनावारी स्वच्छता व्यवस्थापन र पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने सम्बन्धी एक दिने तालिम सफलतापूर्वक सञ्चालन गरेको सहयात्री नेपालका सचिव अन्जना चतुर्वेदीले परियोजनाको समिक्षा बैठकमा बताईन् ।

सो अभियानको क्रममा नेपालगन्जको वडा नंं.१७ को श्री ज्ञानसागर मावि, वडा नं.१० को चौलिका टोल, वडा नंं २१ को बिरता गाउँ, वडा नंं.२० को मनिकापुर गायत्रीनगर, वडा नं.१९ को आलानगर टोल र वडा नंं २१ को महाराजा मावि त्यसैगरि जानकी गाउँपालिकाको वडा नंं. ३ बन्जारे गाउँ, डुडुवा गाउँपालिकाको वडा नं.५ को तिलकपुरमा सम्पन्न गरिएको थियो ।

सो तालिम दिगो महिनावारी स्वास्थ्य समाधानहरूको प्रवद्र्धन कसरी गर्ने र प्याडको पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने सम्बन्धी व्यावहारिक तालिम प्रदान गरिएको सहयात्री नेपालका सहसचिव देवा बहादुर क्षेत्रीले बताए । सो तालिमले सहभागीहरूमा महिनावारी स्वच्छता व्यवस्थापन बारे जानकारी प्राप्त गरी आफनो ब्यवहारमा पनि अनुसरण गरेको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले जानकारी दिए ।

२०८२ श्रावण १३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।