नेपालगन्जमा एक युवतीको हत्या

|

बाँके । बाँकेको नेपालगन्जमा एक युवतीको हत्या भएको छ । देलख घर भई हाल नेपालगन्ज बस्दै आएकी निर्मला थापाको हत्या भएको हो ।

थापा नेपालगन्जको बिपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा काम गर्दै आउनु भएको थियो । हत्या बर्दियाका ३५ वर्षका प्रकाश सुनारले गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

बिहानपख प्रकाशले थापाको घाँटीमा सलले बेरेर हत्या गरी थापाकी बहिनीलाई मैले मारे भन्दै फोन गरेका थिए । त्यसपछि, प्रकाशले उनको साथीभाइ, आफन्तलाई अब यति हो है भेटघाट भन्दै सबैलाई राती २ बजे म्यासेज गरे । त्यसपछि प्रकाश मारेको भन्दै आत्मसमर्पण गरी जिल्ला प्रहरीको कार्यालय पुगेको कार्यालयले जनाएको छ ।

प्रकाश नेपालगन्जकै स्वस्तिक कटेज का क्याप्टेन थिए । प्रकाश विवाहित पुरुष हुन् । बर्दियामा प्रकाशकी श्रीमती र छोरा छोरी छन् । प्रकाशकी श्रीमती अनुसार प्रकाश र निर्मल विगत केही वर्षदेखि नेपालगन्जमा सँगै बस्दै आएका थिए ।

ह्त्याको दुई दिन पछि मृतक निर्मलाको शबलाई पोस्टमार्टमको लागि भेरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक याम बुढा मगर ले जानकारी दिए ।

२०८२ श्रावण १०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।